त्रिभुवन विमानस्थलबाट ४ देशका विदेशी मुद्रासहित पक्राउ परिन् ५१ वर्षीया स्विडिस महिला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको ठूलो परिमाणको विदेशी मुद्रासहित एक स्विडिस महिला पक्राउ परेकी छिन्। विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको सुरक्षा जाँचका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा ५१ वर्षीया स्विडिस नागरिक कुन्चोक खान्द्रो रहेकी छिन्। मंगलबार सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गर्न लागेका बेला विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले उनलाई खानतलासी गरेको थियो।

विमानस्थलको ‘होल्ड ब्यागेज चेकिङ एरिया’मा जाँच गर्दा खान्द्रोको साथबाट विभिन्न देशका मुद्राहरू फेला परेका थिए। प्रहरीका अनुसार उनको साथबाट १० हजार ५०० अमेरिकी डलर, २६ हजार ७०० युरो, ७ हजार ४०० चिनियाँ युआन र ४३ हजार स्विडिस क्रोनर बरामद गरिएको छ।

विदेशी मुद्राको स्रोत नखुलेको र अनुमति बिना ठूलो परिमाणमा रकम बाहिर लैजान लागेको देखिएपछि प्रहरीले उनलाई थप अनुसन्धानको घेरामा राखेको थियो। प्रारम्भिक सोधपुछ र बरामद मुद्राहरूको मुचुल्का तयार पारेपछि प्रहरीले उनलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ।

पक्राउ परेकी खान्द्रोलाई आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि ललितपुरको पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा