काठमाडाैं । नेपाली बजारमा बुधबार स्थिर रहेकाे सुनकाे मूल्य आज बढेकाे छ। आज सुनकाे मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन (हिजो) सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य बढोत्तरी देखिएको छ। चाँदी आज तोलामा १० रुपैयाँले महँगिएर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँ पुगेको छ। हिजो चाँदीको भाउ प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ कायम रहेको थियो।







