एकैदिन तोलामा ११ हजार रुपैयाँले घट्यो सुनकाे भाउ, चाँदीमा पनि उल्लेख्य गिरावट

काठमाडौँ । नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्यमा बुधबार ठूलो गिरावट आएको छ। मंगलबार प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज एकैदिन प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन अर्थात् मंगलबार छापावाल सुन प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २७५ रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला पाँच हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पाँच हजार ५४० रुपैयाँमा झरेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा उतारचढाव देखिएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस पाँच हजार १५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा