एकैदिन ताेलामा ३७ सय रुपैयाँले सस्तियो सुन, साेमबार कति पुग्याे ताेलाकाे ?

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा ठूलो गिरावट आएको छ। अघिल्लो दिन आइतबार तोलामा ३ हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज सोमबार भने ३ हजार ७०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो आइतबार (फागुन २४ गते) सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। चाँदी तोलामा ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा