सभामुखलाई प्रधानमन्त्रीको जवाफ– ‘सदन खुलाउन भूमिका खेल्छु’

काठमाडौँ– संघीय संसदमा देखिएको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

आज बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन् ।

आफ्नो पहलले सार्थक परिणाम नदिएको र शीर्ष दलहरुबीच पनि सहमति नभएको भन्दै सभामुख घिमिरेले सदनको अवरोध हटाउन भूमिका खेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । 

प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिबिना सदन अघि बढ्न नसक्ने स्मरण गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा