एमाले विभाजन हुँदै गर्दा यी ९ सांसदले छाडे माधव नेपालको साथ,

नेकपा एमाले एकता अब विस्तारै टर्दै गएको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सहमति जुट्न नसकेका कारण एमाले एकता टर्दै गएको हो । माधव नेपाल समुह अब नयाँ पार्टी निर्माणको तयारीमा लागेका छन् । नेपाल नयाँ पार्टी गठनको बाटोमा लाग्दै गर्दा उनको पक्षमा रहेका ९ सांसद भने अब संस्थापन पक्षतिर लागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते संसद्मा विश्वासको मत लिने दिन संसद् हलबाट बाहिरिएका नेकपा (एमाले) का सांसदहरुले पार्टी विभाजनमा आफुहरुको असहमति जनाउँदै संस्थापन पक्षमै रहने भएका छन् ।

नेपाल पक्षका सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, यज्ञराज सुनुवार, झपट रावल , डा। दीपकप्रकाश भट्ट, नारायण खतिवडार राजबहादुर बुढालगायत सांसदहरु पार्टी विभाजनको पक्षमा छैनन् । उनीहरु ओली पक्षका दोस्रो तहका नेताहरुसंग वार्तामै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा