मौसम अपडेट: पहाडी र हिमाली भेगमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालको उपल्लो वायुमण्डलमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले देशका पहाडी तथा हिमाली भू-भागमा अहिले साधारणतया बदलीको अवस्था छ भने तराई क्षेत्रमा मौसम सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। तराईका केही स्थानहरूमा भने बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ। महाशाखाले कोशी, बागमती र गण्डकीका थोरै स्थानहरू तथा अन्य प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ।

आज राति पनि हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र कोशी, गण्डकी तथा कर्णाली प्रदेशका हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईमा भने रातिको समयमा तुवाँलो लाग्न सक्नेछ।

वर्षा, चट्याङ्ग र हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा