विद्यार्थीहरुलाई प्राथमिकतासाथ भ्याक्सिन लगाउन अनेरास्ववियुको माग,

स्याङ्जा।३२ साउन ।कोरोना भाइरसले सवै क्षेत्र प्रभावित भैरहेको बेला भ्याक्सिन लगाउदा विद्यार्थीहरुलाई प्राथमिकतामा नराखेकोमा अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ,वालिङ नगरपालिकामा विद्यार्थीहरुलाई प्राथमिकताकासाथ तत्काल भ्याक्सिन लगाउन अनेरास्ववियु वालिङ नगर कमिटी र अनेरास्ववियु वालिङ बहुमुखी क्याम्पस कमिटीले सयुक्त रुपमा ज्ञापनपत्र सहित अनुरोध गरेको छ,वालिङ नगरपालिकामा भ्याक्सिनको गलत दुरुपयोग भएकोमा पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ! ज्ञापनपत्र बुझाउदै अनेरास्ववियु केन्द्रीय सदस्य सगुन रानाले सबै क्षेत्रहरू सुचारु भएको तर बिद्यालय मात्र सन्चालन नहुदा विद्यार्थीहरुको पढाइ दिनप्रतिदिन बिगि्रएकाले तत्काल विद्यार्थीहरुलाई भ्याक्सिन लगाएर शैक्षिक क्षेत्र सुचारु गर्न अनुरोध गरेका छन् रानाले सबै क्षेत्र सुचारु गर्ने,नगरपालिका आफै भेला सभा गर्ने तथा भ्याक्सिनको दुरुपयोग गरेर भ्याक्सिनलाई जस्तो गम्भीर बिषयलाई राजनितीकरण गर्न खोजेमा अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा