सुनको मूल्य स्थिर रहँदा चाँदी भने महँगियो, हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा केही समयदेखि लगातार बढिरहेको सुनको मूल्य बुधबार भने स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै परिवर्तन नभई मंगलबारकै दरमा कारोबार भइरहेको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन मंगलबार पनि सुन सोही मूल्यमा खरिदबिक्री भएको थियो।

सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला १३० रुपैयाँले बढेर ५ हजार ७१५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको कारोबार प्रतितोला ५ हजार ५८५ रुपैयाँमा भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा