पैसा बाँड्दै गरेको अवस्थामा धनुषा–४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ

काठमाडाैं । धनुषा क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मीका बीच एक उम्मेदवार ‘पैसाको बिटो’ सहित रङ्गेहात समातिएका छन्। निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता फकाउन नगद बाँडिरहेको आरोपमा स्वतन्त्र उम्मेदवार राजकिशोर महरालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

महरालाई क्षीरेश्वरनाथ नगरपालिका–४ स्थित चन्द्रपुर टोलबाट पैसा बाँडिरहेकै अवस्थामा पक्राउ गरिएको सुरक्षा स्रोतले जनाएको छ। खानतलासीका क्रममा उनको साथबाट ४५ हजार रुपैयाँभन्दा बढी नगद फेला परेको छ, जुन उनले मतदाताहरूलाई प्रभावित पार्न प्रयोग गर्न लागेको प्रारम्भिक अनुमान गरिएको छ।

भोलिको मतदानलाई लक्षित गरी मौन अवधिमा हुने यस्ता अवाञ्छित क्रियाकलाप रोक्न प्रहरीले सक्रियता बढाएको छ। पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको र निर्वाचन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा