फागुन २ गतेदेखि विसं २०८३ को पात्रो बजारमा आउने, १८ वटा पञ्चाङ्गलाई स्वीकृति

काठमाडौं । आगामी फागुन २ गतेदेखि बजारमा विक्रम संवत् २०८३ को पात्रो (पञ्चाङ्ग) सर्वसाधारणका लागि उपलब्ध हुने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८३ को पञ्चाङ्ग प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

समितिका पदाधिकारी, पूर्वपदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद् तथा ज्योतिष विज्ञहरूबीचको घनिभूत छलफलपछि आगामी वर्षको पात्रो निर्माण गरिएको हो। पञ्चाङ्ग निर्माणका क्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक, विभिन्न समुदायका विज्ञ र धार्मिक संघसंस्थाका प्रतिनिधिहरूको समेत सुझाव लिइएको समितिले जनाएको छ।

आगामी वर्ष २०८३ का लागि १८ वटा पुराना पात्रोहरूलाई प्रकाशनको स्वीकृति दिने निर्णय गरेको छ। स्वीकृति पाउने पात्रोहरूमा तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, सूर्य, आकाशदर्शन, बगलामुखी, र शुभ पञ्चाङ्ग रहेका छन्।

त्यसैगरी बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ, गौरीशङ्कर, भृगु अङ्गिरा, कश्यप, मुक्तिनाथ र आर्यावर्त पञ्चाङ्गले पनि प्रकाशनको अनुमति पाएका छन्। विसं २०८१ सम्म १४ वटा मात्र पात्रो प्रकाशन हुँदै आएकोमा गत वर्ष थपिएका चार नयाँ पात्रोलाई यसपटक दुई वर्षे परीक्षण कालको सर्तसहित निरन्तरता दिइएको छ।

विगतका वर्षहरूमा सामान्यतया माघको तेस्रो साता नै नयाँ पात्रो बजारमा आउने गरे तापनि यस वर्ष केही ढिलाइ भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको कार्यकारी निर्देशक नियुक्तिमा ढिलाइ गरेका कारण पात्रो स्वीकृति प्रक्रिया करिब १० दिन पछि धकेलिएको हो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा