गत मंगलबार मिती २०७८/०३/२२ गते चितवनकी सुजिता भण्डारीको रहस्यमय मृत्युको बिषयकै समाचार प्रसारण गर्ने क्रममा धुन फिल्मस् एंड मिडिया प्रा. ली द्वारा संचालित हातेमालो डेलीको मातहतमा रहेको युटुब च्यानल wide Nepal बाट प्रसारण गरिएको भिडियो सामाग्रीमा सुजिता भण्डारीको न्यायको लागि अहोरात्र खटिनुभएका आदरणीय एकराज सेडांइ राजु संग सम्बन्धित विषयमा गरिएको कुराकानी सुजिताको न्यायको पक्षमा र घटना स्थलको यथार्थ स्थितिको बारेमा थियो ।
उक्त कुराकानीको भिडियो सामाग्री धुन फिल्मस् एंड मिडिया प्रा. ली द्वारा संचालित हातेमालो डेलीको मातहतमा रहेको युटुब च्यानल wide Nepal बाट प्रसारण गर्ने क्रममा हाम्रो गलत सोंच र मनसाय नभई सम्बन्धित एकराज सेडांइ राजु ले बोलेको वास्तविकता आम नेपाली दर्शक स्रोताले थाहा पाउनु जरुरी ठानी प्रसारण गर्ने क्रममा उक्त सामाग्री को थम्बेलमा लेखिएको शिर्षकले सम्बन्धित राजु सेडाइ लागि चित्त नबुझेको र असन्तुष्टि रहेको हुँदा सम्बन्धित एकराज सेडांइ राजु र धुन फिल्मस् एंड मिडिया प्रा.ली बीच गत श्रावन ४ गते सोमबारका दिन सम्बन्धित बिषय प्रति एक आपसमा छलफल गरी धुन फिल्मस् प्रालिको तर्फ बाट उक्त सामाग्रीको थम्बेल संच्याउने सहमति भइ धुन फिल्मस् प्रालिको तर्फ बाट भाषिक त्रुटी हुन पुगेकोमा क्षमा याचना गर्दै आगामी दिनमा आदरणीय श्रोता,दर्शक,पाठक,तथा सम्पूर्ण सुभचिन्तकहरुको अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया अनुसार सम्पूर्ण सुचना, संदेश, तथा समाचार [अडियो,भिडियो,तथा अनलाइन पत्रिका बाट ] सत्य, तथ्य तथा निस्पक्ष प्रसारण गर्न गर्ने प्रतिबद्धता जाहेर गरिएको छ।
साथै समाजमा भएका विभिन्न नराम्रा क्रियाकलापको बिरुद्द,न्यायको पक्ष मा आफ्नो सारा काम छोडेर लाग्न हुने एकराज सेडांइ राजु लागि न्यायको पक्षमा उठ्ने हजुरको आवाज सधैं बुलन्द होस हाम्रो शुभकामना छ ।








