रास्वपाको ‘घण्टी अभिवादन’ अभियान: शनिबार उपत्यकाका ७० स्थानमा जनसम्पर्क गरिँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि शनिबार, फागुन १६ गते काठमाडौँ उपत्यकामा बृहत् ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ आयोजना गर्ने भएको छ। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमले उपत्यकाका तीनै जिल्लाका मुख्य ७० वटा विन्दुहरूलाई समेट्नेछ।

पार्टीले सार्वजनिक गरेको रुट म्याप अनुसार, यो अभियान बिहान ६:३० बजे पशुपतिनाथबाट सुरु हुनेछ। यात्रा चाबहिल, जोरपाटी, साँखु, पेप्सीकोला हुँदै भक्तपुरको सानोथिमी, दुवाकोट र सूर्यविनायक पुग्नेछ। त्यसपछि ललितपुरको ग्वार्को, मंगलबजार, जावलाखेल र पुलचोक हुँदै अघि बढ्ने कार्यक्रम छ। पुलचोकमा दिउँसो १:०० बजे खानाको लागि समय छुट्याइएको छ।

दोस्रो चरणको यात्रा कालिमाटी (दिउँसो २:००), कीर्तिपुर, चन्द्रागिरी, सितापाइला, स्वयम्भू, बुढानीलकण्ठ, बालुवाटार, नयाँ बानेश्वर, माइतीघर, जमल र गोङ्गबु हुँदै अघि बढ्नेछ। यो अभियान साँझ ६:३० बजे वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा पुगेर समापन हुनेछ।

रास्वपाले आफ्ना शुभचिन्तकहरूलाई आफूलाई पायक पर्ने स्थानमा मात्र उपस्थित हुन र ट्राफिक नियमको पूर्ण पालना गर्न अनुरोध गरेको छ। प्राविधिक कारणले समय र स्थानमा केही फेरबदल हुन सक्ने सम्भावना रहेको पनि आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा