आज बिहान संखुवासभा र ताप्लेजुङको सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प रेकर्ड गरिएको हो।

भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको थियो। बिहानीपखको मस्त निद्रामा रहेका स्थानीयहरू भूकम्पको कडा धक्का महसुस भएपछि आत्तिएर घर बाहिर निस्किएका थिए।

संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा धक्का महसुस गरिए तापनि हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै जानकारी प्राप्त नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरूले जनाएका छन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा