काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि आइतबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार आइतबार मध्याह्न १२:३० बजेका लागि बैठक आह्वान गरिएको हो।
पार्टी प्रवक्ता मनीष झाका अनुसार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक संगठन सुदृढीकरण र आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुनेछ। बैठकमा सचिवालयका सबै सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
पछिल्लो समय विकसित राजनीतिक मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा तय गर्न र सांगठनिक गतिविधिहरूलाई थप तीव्रता दिने उद्देश्यले यो बैठक बोलाइएको बुझिएको छ। सरकारले हालै जारी गरेका अध्यादेशहरू र संसद्को आगामी भूमिकाका विषयमा पनि बैठकमा छलफल हुन सक्ने सम्भावना रहेको छ।





