‘सप्तरी सहिदहरूको त्याग र बलिदानको भूमि हो’: कांग्रेस महामन्त्री डा. डिला संग्रौला

काठमाडौँ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले सप्तरी ऐतिहासिक रूपमा सहिदहरूको त्याग र बलिदानको पवित्र भूमि भएको बताएकी छन् । नेपालमा भएका हरेक राजनीतिक परिवर्तन र लोकतान्त्रिक आन्दोलनहरूमा सप्तरीका जनता तथा अग्रज नेतृत्वको योगदान अतुलनीय रहेको उनको भनाइ छ ।

सप्तरी क्षेत्र नम्बर २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आयोजना गरेको दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री संग्रौलाले बदलिँदो परिस्थितिमा कांग्रेस जनताको भावनाअनुसार नै अघि बढ्ने स्पष्ट पारिन् ।

कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसभित्र अहिले युवा, महिला तथा समाजका हरेक वर्ग र समुदायको सशक्त प्रतिनिधित्व स्थापित भइसकेको उल्लेख गरिन् । “जनताको चाहना र विश्वास नै कांग्रेसको मुख्य प्राथमिकता हो,” उनले भनिन्, “महिला, युवा, मधेसी तथा पछाडि पारिएका सम्पूर्ण सीमान्तकृत समुदायलाई राज्य र पार्टीका सबै तहमा अर्थपूर्ण प्रतिनिधित्व गराउन कांग्रेस दृढ संकल्पित छ ।”

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा