आज आइतबारको मौसम: विभिन्न स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना, सचेत रहन आग्रह

काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव कायम रहेको छ। यसै मौसमी प्रणालीका कारण आज आइतबार देशका केही भू-भागमा मौसम आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका अधिकांश भागमा मुख्यतया मौसम सफा रहे पनि केही ठाउँमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको तराई भू-भागका साथै मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, आज राति देशको हिमाली क्षेत्रका साथै कोशी र मधेश प्रदेशका केही क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ।

विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा रातिको समयमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ। यसका साथै तराईका भू

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा