प्रधानमन्त्री बालेनको घोषणा : एनपीएलका आठवटै टोलीको आफ्नै फ्लडलाइटयुक्त क्रिकेट रंगशाला बन्ने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेसँगै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली क्रिकेटको पूर्वाधार विकासका लागि ऐतिहासिक घोषणा गरेका छन् ।

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि खेलहरू ‘होम एन्ड अवे’ (Home and Away) प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित प्रतियोगितामा सहभागी आठवटै फ्रेन्चाइज क्लबका आफ्नै सुविधासम्पन्न र फ्लडलाइटयुक्त क्रिकेट रंगशाला निर्माण गरिने औपचारिक घोषणा गरेका हुन् । उनका अनुसार ती सबै रंगशालाहरूको निर्माण नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले प्राथमिकताका साथ अघि बढाउनेछ ।

प्रधानमन्त्रीद्वारा सार्वजनिक कार्ययोजनाअनुसार कैलालीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण प्रक्रिया यसअघि नै अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सातवटै रंगशालाको निर्माण प्रक्रिया द्रुत गतिमा थालिनेछ ।

कुन क्लबका लागि कहाँ बन्नेछ रंगशाला ?

  • विराटनगर किंग्स : बैजनाथपुर क्रिकेट रंगशाला (विराटनगर)
  • लुम्बिनी लायन्स : सिद्धार्थ क्रिकेट रंगशाला (भैरहवा)
  • कर्णाली याक्स : सुर्खेत क्रिकेट रंगशाला (सुर्खेत)
  • सुदूरपश्चिम रोयल्स : फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (धनगढी)
  • काठमाडौं गुर्खाज : कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (काठमाडौँ)
  • पोखरा एभेन्जर्स : पोखरा क्रिकेट रंगशाला (पोखरा)
  • जनकपुर बोल्ट्स : रामजानकी बहुउद्देश्यीय क्रिकेट रंगशाला (जनकपुर)
  • चितवन राइनोज : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला (भरतपुर)

नेपाली क्रिकेटको व्यावसायिक विकास, स्तरवृद्धि र अन्तर्राष्ट्रिय पहिचानका लागि आवश्यक आधुनिक भौतिक पूर्वाधार निर्माण गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहले स्पष्ट पारेका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा