एनपीएलका सर्वाधिक विकेटकर्ता रिजन ढकालले पाए लक्जरी कार र गोल्डेन क्याप

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वाधिक विकेट लिने बलर बनेका चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालले व्यक्तिगततर्फको सबैभन्दा ठूलो पुरस्कार कार प्राप्त गरेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलपश्चात् आयोजित भव्य पुरस्कार वितरण समारोहमा उनलाई कारको साँचो हस्तान्तरण गरिएको हो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट र धारिलो बलिङ प्रदर्शन गरेका रिजनले १७ विकेट हात पार्दै ‘गोल्डेन क्याप’ समेत आफ्नो नाममा सुरक्षित गरे । यद्यपि उनको टोली चितवन राइनोज एलिमिनेटर चरणबाटै बाहिरिन पुगेको थियो, तर रिजनको व्यक्तिगत प्रदर्शनले प्रतियोगिताकै सर्वाधिक आकर्षक पुरस्कार दिलाउन सफल भयो ।

एनपीएलमा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा च्याम्पियन सुदूरपश्चिम रोयल्सका स्कट कुग्गेलिन १५ विकेटसहित दोस्रो स्थानमा रहे । त्यस्तै चितवन राइनोजकै कमलसिंह ऐरी १३ विकेटसहित तेस्रो स्थानमा रहँदा जनकपुर बोल्ट्सका राहुल यादव र काठमाडौं गोर्खाजका जहानदाद खानले समान १२–१२ विकेट लिए ।

व्यक्तिगत विधातर्फ जनकपुर बोल्ट्सका १६ वर्षीय तीव्र गतिका बलर राहुल यादव प्रतियोगिताको ‘इमर्जिङ प्लेयर’ घोषित भए । सर्वाधिक रन बनाउने नेपाली ब्याटर लोकेश बमले पुरस्कार स्वरूप मोटरसाइकल प्राप्त गरे । त्यस्तै, उपाधि विजेता सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) घोषित हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भए ।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा