बारा-२ मा उपेन्द्र यादव विजयी

काठमाडौं – उपनिर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । यादव निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गर्दै विजयी भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाएका छन् ।

नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत ल्याएर तेस्रो भएका छन् । चितवन र तनहुँमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने दुई हजार ८ सय २९ मत मात्र पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फ चितवन, तनहुँ र बारा तीनवटै क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । दुई क्षेत्र रास्वपा विजयी हुँदा बारामा जसपा विजयी भएको हो । जसपाका अध्यक्ष यादव सत्ता गठबन्धनका उम्मेदवार हुन्।

बारा–२ मा ६९ हजार १ सय ७ मत खसेको थियो । यो उपनिर्वाचनबाट मंसिर ४ गतेको चुनावमा सप्तरी– २ मा सिके राउतसँग पराजित यादव विजयी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा