काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ।
यसैगरी, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङको बिक्रीदर १९९ रुपैयाँ २७ पैसा पुगेको छ। अन्य देशका मुद्रामा अष्ट्रेलियन डलरको बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा र क्यानेडियन डलरको बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक पर्न सक्ने जानकारी दिएको छ।







