सुनको मूल्यमा सामान्य ब्रेक, चाँदी भने ५० रुपैयाँले महँगियो

काठमाडौँ । नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ। पछिल्ला केही दिनदेखि दिनहुँ नयाँ रेकर्ड बनाइरहेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले ओरालो लागेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम गरिएको छ। बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दु ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य घटे पनि चाँदीको भने बढेको छ। आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बुधबार यसको मूल्य प्रतितोला ५ हजार २९० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आउने उतारचढाव र डलरको विनिमय दरका कारण नेपाली बजारमा पनि सुनचाँदीको भाउ फेरबदल भइरहने महासंघले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा