काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले साधारणतया बादल लागेको छ भने अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। तराईका क्षेत्रहरूमा भने मध्यान्नसम्म हुस्सु र कुहिरो लाग्ने देखिएको छ। रातिको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने भए तापनि देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। चिसो बढ्ने क्रम जारी रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।





