जसका लागि मैले परिवारलाई त्यागेँ उसैले मलाई आँशु दियो,(भिडियो सहित )

काठमाडौ,निकै खुलेर कुरा गर्न मन पराउने पुजा शर्मा बेला बेलामा विवादित हुन्छिन् ।अब समय अनुसार आफुलाई परिवर्तन गर्न पर्ने रहेछ भन्ने जान्न थालेको उनले बताउँछिन् । नायक श्रेष्ठसंगको प्रेममा रहेको भनेर उनलाई विवादित पनि बनाइयो तर आकास र पुजा दुवै जनाले प्रेमलाई सार्वजनिक रुपमा अझै स्वीकार गरेका छैनन्।

आफुहरु निकै मिल्ने साथी भएको बताउँदै आएका थिए ।सँधै जसो अन्तरवार्तामा निकै खुलेर हाँस्दै बोल्ने पुजा अहिले भने निकै भावुक भएकी छन् ।उनले आफ्ना कारणले धेरै मानिस चर्चित भएपनि पछि आफुलाई वेवास्ता गर्ने गरेको गुनासो गरिन् । उनले यसो भन्दा कसैको नाम भने लिइनन् तर उनले आकासलाई नै भनेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

फिल्ममा पुजा भन्दा आकास पछि आएका हुन् । उनीहरुको नामकै कारणले आकास पनि चर्चित भए ।तर पछिल्लो समय उनीहरुबीचको स म्ब न्ध टाढा भएको बताइने गरेको छ ।उनले मायामा धो का पाएको पनि संकेत गरेकी छन् । उनले भनिन्, एउटा युवतीले सबै कुरा सहन सक्छ तर आफुले माया गरेको केटाले अरु कसैलाई पनि समय दिएको छ, अरुलाई पनि आफ्नो मनमा राखेको छ भन्ने थाहा पाएपछि त्यो सहन सक्दैन ।

मैले त्यस्तै अवस्था भोगेको छु । उनले ४ वर्ष सम्म कसैलाई धेरै महत्व दिएको र उसकै लागि आफ्ना परिवारका सदस्यलाई समेत वेवास्ता गर्ने गरेको बताइन् ।तर अहिले म मेरो परिवारलाई सम्झन्छु, मैले मेरो अंकलहरुको कुरा कहिल्यै सुनिन् , उहाँले भन्नुभएको थियो एक दिन सबैले तँलाई विर्सन्छन् त्यती बेला हामीलाई सम्झन्छेस् भन्नु भएको थियो ।

तर अहिले मैले जसलाई धेरै साथ दिएँ उसकै कारण मेरो परिवार मिस गरेकी छु । मेरो आँशु आउन छोडेको छ, त्यसैले खुसी भएकी छु ।

भिडियो सहित:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा