मन्त्रिपरिषद्‍‍ले स्वीकृत गरेको नेपालको नयाँ नक्सा यस्तो छ

जेष्ठ
काठमाडौँ — सोमबार मन्त्रिपरिषद्‍ बैठकले नेपालको नयाँ नक्सालाई स्वीकृत गर्‍यो । भारतले अतिक्रमण गरेको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई यो नक्सामा समेटिएको छ ।

भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले आइतबारको मन्त्रिपरिषद्‍मा यो नक्सा प्रस्तुत गरेकी थिइन् । भूमि व्यवस्था मन्त्रालयले यो नक्सा तयार पारेको हो । नक्साको यो तस्बिर मन्त्रिपरिषद्‍ स्रोतबाट कान्तिपुरलाई प्राप्त भएको हो । सरकारले औपचारिक रुपमा यो नक्सा जारी गरिसकेको भने छैन ।

सरकारका प्रवक्ता अर्थ तथा सूचना एवं सञ्चार मन्त्री युवराज खतिवडाले यो नक्सामा अतिक्रमित भूमि समावेश गरिनुका साथै यसले सातै प्रदेश र ७७ वटै जिल्लालाई छुट्याइएको पनि बताएका छन् । उनले निशान छाप, सरकारी कामकाज र विद्यालय लगायत सम्पूर्ण क्षेत्रमा अद्यावधिक नक्सा नै प्रयोग हुने बताए ।

भारतले गत नोभेम्बरमा जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा समेटेको थियो । पछिल्लो समय नेपाली भूमि हुँदै चीनको मानसरोबरसम्म जाने सडक निर्माण गरेपछि त्यसको चर्को विरोध भएको थियो ।

सरकारले नीति तथा कार्यक्रममै अतिक्रमित भूमिसहितको नक्सा जारी गर्ने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा