दिवेश पोखरेल भए अमेरिकन आइडलमा उपविजेता

अमेरिकन आइडलको १८ औं संकरणमा नेपाली गायक दिवेश पोखरेल उप–विजेता बन्न सफल छन् । अमेरिकन आइडलको उपाधी भने जस्ट सामले उचालेका छन् । उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् ।

भोटका आधामा विजेता घोषणा गरिएको अमेरिकन आईडलको टप २ मा पुगेका दिवेशले भोट कम आउँदा उपाधि चुम्न चुम्न सेकनन् । उनी अमेरिकन आइडलको फाइनलमा पुग्ने पहिलो नेपाली बनेका छन् ।

अमेरिकन आइडलको १८ औं संस्करणको अडिसन राउन्डदेखि नै चर्चामा रहेको दिवेशको यो उपलब्धिलाई लिएर नेपाली समुदायमा उत्साह छाएको छ । एबिसी टेलिभिजनबाट प्रसारण भएको अमेरिकन आइडलका अन्तिम सबै प्रतियोगीहरुले कोभिड–१९ का कारण घरबाटै प्रस्तुति दिएका थिए ।

अमेरिकन आइडलको १८ औँ संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक थिए । आइडलका निर्णायक लियोनल रिचीले दिवेशको गायिकीलाई बब मार्लीसँग दााजेका थिए । अर्का निर्णायक लुक ब्रायनले अमेरिकन आइडलमा अहिलेसम्म पाएकामध्ये सबैभन्दा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए ।

६ वर्षदेखि अमेरिकामा बस्दै आएका दिवेशको स्टेज नेम ‘अर्थर गन’ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा