एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी बिदा माग्दै संघीय संसद् सचिवालयमा पठाए पत्र

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भइसकेका एमाले सचिव टोपबहादुर रायमाझीले बिरामी बिदा माग्दै संघीय संसद् सचिवालयमा पत्र पठाएका छन् ।

उनले आफू बिरामी भएर उपचाररत रहेको भन्दै पत्र पठाएको संसद् सचिवालय स्रोतले जनाएको छ । पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार छन् ।

उनलाई नेकपा एमालेले पार्टी सचिव पदबाट निलम्बन गरिसकेको छ । उनलाई सम्बन्धित निकायमा उपस्थित भएर अनुसन्धानमा सहयोग गर्न पनि भनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नसकिएसम्म एमालेको जिम्मेवारीबाट रायमाझीलाई निलम्बन समेत गरिएको छ। 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा