काठमाडौँ । असत्यमाथि सत्यको विजयको प्रतीक बडा दसैँको मुख्य दिन आज विजयादशमी हर्षोल्लासका साथ मनाइँदैछ । आज घरघरमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो अक्षताको टीका र पहेँलो जमरा लगाई सुख, शान्ति र समृद्धिको आशीर्वाद ग्रहण गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तोकेको शुभ साइतमा बिहान देवी विसर्जन गरी टीका लगाउने क्रम सुरु भएको छ । आफन्त र मान्यजनकहाँ पुग्ने मानिसको चहलपहलले गाउँदेखि सहरसम्म उत्सवमय वातावरण बनेको छ । आजदेखि सुरु भएको टीका कोजाग्रत पूर्णिमासम्म चल्छ ।
पारिवारिक पुनर्मिलन र सामाजिक सद्भाव बढाउन विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।





