जेठ तेस्रो साता प्रधानमन्त्रीको भारत भ्रमण

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेट पारित गर्नेबित्तिकै छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन् । दाहाल तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक निर्णय भइसकेको छैन । तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी अघि बढाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई लिएर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन् । उनले पूर्व परराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्व सचिवहरूसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री दाहालको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरे । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, प्रकाशचन्द्र लोहनी र भेषबहादुर थापा सहभागी थिए। पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले बताए । उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसागै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए।

परराष्ट्रमन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए। छलफलमा पूर्वराजदूतद्वय लोकराज बराल, दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा