रुस-युक्रेन वार्ता: जेनेभामा दुई दिने छलफल निष्कर्षविहीन, भू-भागमा टरेन अडान

जेनेभा । रुस र युक्रेनबिच युद्ध अन्त्यका लागि स्विट्जरल्याण्डको जेनेभामा भएको दुई दिने शान्ति वार्ता कुनै ठोस सहमति विना नै टुङ्गिएको छ। अमेरिकी मध्यस्थतामा भएको यस तेस्रो चरणको वार्तामा दुवै पक्षले आ-आफ्नो अडान नछोड्दा सहमति जुट्न नसकेको हो।

विशेष गरी युक्रेनी भू-भागको स्वामित्वलाई लिएर मुख्य विवाद देखिएको छ। रुसले पूर्वी दोनेत्स्क क्षेत्रको करिब २० प्रतिशत भू-भाग युक्रेनले छोड्नुपर्ने माग राखेको छ भने युक्रेनले कुनै पनि हालतमा भूमि नछोड्ने अडान दोहोर्‍याएको छ। युक्रेनी टोलीका प्रमुख रुस्तम उमरोभले वार्ता गहन भए पनि रुसले समय लम्बाउन खोजेको आरोप लगाएका छन्।

यता रुसी प्रमुख वार्ताकार भ्लादिमिर मेडिन्स्कीले वार्ता कठिन तर व्यावसायिक रहेको भन्दै आगामी दिनमा थप वार्ता हुने सङ्केत गरे पनि निश्चित मिति तय हुन सकेको छैन। यो युद्ध आगामी हप्ता पाँचौँ वर्षमा प्रवेश गर्दैछ, तर शान्तिको ठोस मार्गचित्र अझै अनिश्चित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा