लगातार तेस्रो दिन पनि दोहोरो अंकले बढ्यो नेप्से, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडाैं । लगातार तेस्राे दिन आज सेयर बजारमा सुधार देखिएकाे छ। बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से १०.३० अंकले घटेर २६ सय ४८ दशमलव ९० बिन्दुमा पुगेर राेकिएकाे छ ।

नेप्से पिरसूचकमा सुधार देिखए पनि काराेबार रकम भने सुस्त नै रहेको छ । आज ३३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।

हिजाे ३ सय २८ कम्पनीका ९३ लाख ६४ हजार ९ सय ३८ कित्ता शेयर ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६ सय १३ रुपैयाँको कारोबार भएको थियाे ।

यसदिन १० उपसूचकमा हरियाली आएको छ । आज जीवन बीमा समूहको शेयर मूल्य सर्वाधिक १.७९ प्रतिशतले बढेको छ ।

यसदिन १५७ कम्पनीकाे सेयर मूल्य बढेकाेमा सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ। यस्तै विन नेपाल लघुवित्त र सुपर माइ हाइड्राेपावरकाे सेयर मूल्य ९ प्रतिशत भन्दा धेरै बढेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा