कांग्रेसको देशव्यापी चुनावी अभियान: आज सुर्खेत, बाँके र रूपन्देहीमा चुनावी सभा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आज फागुन १४ गते एकैदिन देशका तीनवटा ठुला सहरहरूमा चुनावी सभा गर्ने भएको छ। कांग्रेसले कर्णाली प्रदेशको सुर्खेत, लुम्बिनी प्रदेशको बाँके र रूपन्देहीमा विशेष चुनावी सभाको आयोजना गरेको हो।

यसअघि फागुन ६ गते मधेस प्रदेशको जनकपुरमा पहिलो ‘मधेस सभा’ गर्दै चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको कांग्रेसले आजदेखि आफ्नो अभियानलाई थप तीव्र बनाएको छ। आज हुने यी तीनवटै सभाहरूलाई सम्बोधन गर्न सभापति गगन कुमार थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू हेलिकप्टरमार्फत ती स्थानहरूमा पुग्ने कार्यक्रम रहेको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभाहरूमा सम्बन्धित प्रदेशभित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवारहरू र स्थानीय नेताहरूको समेत बाक्लो उपस्थिति रहनेछ। कांग्रेसले भोलि फागुन १५ गते गण्डकी प्रदेशको पोखरामा र फागुन १७ गते बागमती प्रदेशको काठमाडौँमा बृहत चुनावी सभा गर्ने तय गरिसकेको छ। कोशी र सुदूरपश्चिम प्रदेशमा पनि सभाको तयारी भइरहेको भए पनि त्यसको मिति भने छिट्टै तय गरिने पार्टीले जनाएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा