नेप्सेमा ‘कछुवा’ गति: परिसूचक २७९६ बिन्दुमा पुग्दा कारोबारमा देखिएन उत्साह

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको छ।

परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। आज ३५१ कम्पनीका १ करोड ८ लाख ९९ हजार ४६१ कित्ता सेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँमा किनबेच भएको छ।

आज व्यापार बाहेकका अधिकांश उपसूचकहरूमा हरियाली छाएको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.५२ प्रतिशतले बढ्दा विकास बैंक १.१४ प्रतिशत र होटल तथा पर्यटन समूहमा ०.९७ प्रतिशतको वृद्धि देखिएको छ। यस्तै वाणिज्य बैंक, फाइनान्स, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका उपसूचक पनि बढेका छन्। यता व्यापार समूह भने १.३९ प्रतिशतले घटेको छ।

बजारमा आज कुल १५७ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ। विशेषगरी आज चारवटा कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ। कर्पोरेट डेभलपमेन्ट बैंक, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको छ भने सिटी होटलको सेयर मूल्य पनि १४.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा