अध्यादेश आवश्यक सुधारका लागि हो, कसैलाई दुःख दिन होइन : रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै यो कदम आवश्यक कानुनी सुधारका लागि चालिएको स्पष्ट पारेको छ। बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले अध्यादेशबारे रास्वपाको आधिकारिक धारणा राख्नुभएको हो।

विपक्षी दलहरूले अध्यादेशको विरोध गरिरहेका बेला सभापति लामिछानेले विगतमा भएका अनावश्यक दलीयकरण र गलत नियुक्तिहरूलाई सच्याउन अध्यादेश आवश्यक रहेको तर्क गर्नुभयो। “पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइन्थ्यो, तर अहिलेको अभ्यास कसैलाई दुःख दिन वा सुविधा दिन होइन,” उहाँले भन्नुभयो, “यो आवश्यक सुधारका लागि कानुनी दायरामा बसेर गरिएको अभ्यास हो।”

बैठकमा लामिछानेले रास्वपा लोकतान्त्रिक पद्धतिप्रति सधैँ गम्भीर रहेको दाबी गर्नुभयो। उहाँले संसदीय समितिको नेतृत्व चयनमा मुख्य प्रतिपक्षले माग नगर्दा पनि रास्वपाले पद त्यागेर इमानदारिता प्रदर्शन गरेको उदाहरण दिनुभयो। विगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको नजिरलाई आफूहरूले सच्याउन चाहेको उल्लेख गर्दै उहाँले सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गर्नुभयो।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा