राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यो अध्यादेश जारी गर्नुभएको हो।

यससँगै राष्ट्रपति पौडेलले हालसम्म कुल तीनवटा अध्यादेश जारी गरिसक्नुभएको छ। यसअघि मात्रै दुई वटा अध्यादेशहरू जारी भएका थिए। सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्थालाई थप प्रभावकारी र सुदृढ बनाउन सिफारिस गरेबमोजिम राष्ट्रपतिबाट यो संवैधानिक कदम चालिएको हो। यो अध्यादेशले वित्तीय सुशासन कायम गर्न र अवैध धनको ओसारपसार नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा