स्थानीय तह निर्वाचन र महाधिवेशनको तयारीमा रास्वपा: सचिवालय बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज आइतबार बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गर्नुभएको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा विशेषगरी स्थानीय तहको उम्मेदवार छनोटका लागि आवश्यक रूपरेखा र ‘महाधिवेशन कार्यविधि २०८३’ का सम्बन्धमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

यसका साथै, संसदीय दलको विधान संशोधन तथा मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयहरूमा पनि सचिवालय सदस्यहरूबीच छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो। पार्टीलाई आगामी निर्वाचन र महाधिवेशनका लागि वैधानिक रूपमा थप सुदृढ बनाउन यो बैठक महत्वपूर्ण हुने रास्वपाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा