एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार, इन्फेक्सनको जोखिमका कारण अझै केही दिन भेटघाट बन्द

काठमाडौँ । पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहनुभएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्नुहुने भएको छ। सचिवालयका अनुसार उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ, तर घाउमा इन्फेक्सन नहोस् भन्ने उद्देश्यले भेटघाटमा रोक लगाइएको हो।

गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा अध्यक्ष ओलीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएको ठाउँमा केही दिनअघि घाउ बढेर इन्फेक्सन देखिएपछि चिकित्सकहरूले उहाँलाई पूर्ण रूपमा आराम गर्न र हिँडडुल तथा भेटघाट नगर्न सल्लाह दिएका छन्। सचिवालयका एक सदस्यका अनुसार अहिले अति आवश्यक भेटघाट मात्र भइरहेको र केही दिनमा स्वास्थ्य अवस्था थप सुदृढ भएपछि मात्र राजनीतिक भेटघाट खुला गरिनेछ।

यसअघि, अध्यक्ष ओलीलाई प्रहरीले चैत १३ गते नियन्त्रणमा लिएर अस्पतालमै राखेको थियो। त्यसको केही समयपछि उहाँको शल्यक्रिया गरिएको थियो। अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा उहाँले निजी निवासमै स्वास्थ्य लाभ गरिरहनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा