११ वर्षपछि एमालेको औपचारिक बैठकमा सहभागी भइन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा (एमाले) को औपचारिक बैठकमा सहभागी भएकी छन्। पार्टी कार्यालय च्यासलमा आयोजित स्थायी कमिटी बैठकमा उनी वरिष्ठ नेताको हैसियतमा सहभागी भएकी हुन्। यसअघि असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गरेको थियो।

वि.सं. २०७२ मा मुलुकको राष्ट्रपति निर्वाचित भएपछि उनी पार्टी राजनीतिबाट अलग रहेकी थिइन्। दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर २०७९ मा शीतल निवासबाट बाहिरिएकी भण्डारीको स्थगित सदस्यता गत जेठमा बसेको पार्टी पदाधिकारी बैठकले फुकुवा गरेको थियो। पार्टी कार्यालय च्यासलमा वरिष्ठ नेताको शपथ ग्रहण गरेसँगै उनी औपचारिक रूपमा पार्टी बैठक तथा गतिविधिमा सक्रिय भएकी हुन्।

बैठकमा केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका विभिन्न समसामयिक राजनीतिक एजेन्डा तथा आगामी कार्यदिशामाथि घनिभूत छलफल गरी आवश्यक निर्णय लिने कार्यसूची रहेको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

यो समाचार सेयर गर्नुहोस्:

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा