मन्त्री सीता बादी र अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माण, मानव बेचबिखन नियन्त्रण र सामाजिक विकासका विविध आयामबारे विस्तृत छलफल भएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवाको भोटेकोशी लगायत बाढी प्रभावित क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित समुदायको पुनःस्थापनामा अमेरिकी सरकारका तर्फबाट सहकार्य गर्ने प्रतिबद्धता जनाइन्। मन्त्री बादीले सन् १९४७ देखि कायम नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध आपसी सम्मान र विकास सहकार्यमा आधारित रहेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिन्।

मन्त्री बादीले प्राकृतिक विपद्का कारण महिला, किशोरी तथा बालबालिकाको सुरक्षा, संरक्षण र शिक्षामा थप चुनौती थपिएको बताउँदै पुनःस्थापना र पुनर्निर्माणमा सहयोगको अपेक्षा गरिन्। साथै मन्त्रालयले जोखिममा रहेका महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर कार्य अघि बढाएको उनले स्पष्ट पारिन्।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा