पारिवारिक तथा धार्मिक भ्रमणका लागि रवि लामिछाने भारत प्रस्थान, कैंची धाम र कामाख्या मन्दिर जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने धार्मिक तथा पारिवारिक तीर्थाटनका क्रममा आज भारततर्फ प्रस्थान गरेका छन् । उनी पत्नी निकिता पौडेलसहित शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढी हुँदै भारततर्फ लागेका हुन् ।

लामिछानेको भ्रमण दलमा नेता तथा मन्त्री प्रतिभा रावल समेत सहभागी छिन् । टोली सुदूरपश्चिमको धनगढी पुगेर त्यहाँबाट स्थलमार्ग हुँदै सीमापार भारत प्रवेश गर्ने कार्यतालिका रहेको छ । सचिवालयका अनुसार यो भ्रमण विशुद्ध व्यक्तिगत, आध्यात्मिक तथा पारिवारिक प्रकृतिको रहेको छ ।

तीर्थाटनका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको नीम करौली बाबाको ‘कैंची धाम’ आश्रमको दर्शन गर्नेछन् । त्यसलगत्तै उनी आसामको गुवाहाटीस्थित ऐतिहासिक तथा तान्त्रिक शक्तिपीठ कामाख्या मन्दिर पुगेर विशेष पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ ।

राजनीतिक व्यस्तताका बीच आध्यात्मिक शान्तिका लागि तय गरिएको यो तीर्थयात्रा तीन दिनसम्म चल्नेछ । धार्मिक अनुष्ठान र मन्दिर दर्शन सम्पन्न गरेपछि लामिछाने आगामी आइतबार स्वदेश फर्कने उनको सचिवालयले जानकारी दिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा