अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक महिलाहरूको ऐतिहासिक छलाङ, सिनेटमा ५४ सिटसहित बहुमत

वासिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीका महिला उम्मेदवारहरूले ऐतिहासिक जित दर्ता गराउँदै नयाँ कीर्तिमान कायम गरेका छन् । परम्परागत रूपमा रिपब्लिकन पार्टीको गढ मानिएका टेक्सस, ओहायो र साउथ क्यारोलिनाजस्ता राज्यहरूमा डेमोक्र्याट्स महिलाहरूले ऐतिहासिक विजय हासिल गरेका हुन् ।

निर्वाचनको पछिल्लो नतिजा र प्रक्षेपणअनुसार अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीले ५४ सिट हासिल गर्दै आफ्नो नियन्त्रण थप सुदृढ बनाएको छ भने रिपब्लिकन पार्टी ४४ सिटमा खुम्चिएको छ । दुई स्वतन्त्र सिनेटरले पनि डेमोक्र्याटसँग सहकार्य गर्ने बताइएको छ ।

गभर्नर र सिनेटमा महिलाहरूको ऐतिहासिक सफलता :
टेक्ससमा जिना हिनोजोसा राज्यको इतिहासमै पहिलो हिस्पानिक महिला गभर्नर बन्ने भएकी छन् । उनले करिब १२ वर्षदेखि सत्तामा रहेका रिपब्लिकन गभर्नर ग्रेग एबटलाई पराजित गरेकी हुन् । चुनावी अभियानका क्रममा हिनोजोसाले नागरिक अधिकार, स्वास्थ्य र सामाजिक मुद्दालाई मुख्य एजेन्डा बनाएकी थिइन् ।

त्यस्तै, ओहायो राज्यमा एमी एक्टन पहिलो महिला गभर्नरका रूपमा निर्वाचित भएकी छन् । विगत दुई दशकदेखि डेमोक्र्याट्सले जित्न नसकेको ओहायोमा स्वास्थ्य विभागकी पूर्वप्रमुख एक्टनको विजयलाई निकै अर्थपूर्ण मानिएको छ । उता साउथ क्यारोलिनामा बालरोग विशेषज्ञ एनी एन्ड्र्युजले तीन दशकदेखि रिपब्लिकन नियन्त्रणमा रहेको अमेरिकी सिनेट सिट खोस्दै राज्यकै पहिलो महिला सिनेटर बन्ने इतिहास रचेकी छन् । क्यालिफोर्नियामा जेभियर बेसेरा पहिलो निर्वाचित ल्याटिनो गभर्नर बन्ने भएका छन् ।

प्रतिनिधिसभामा हाकिम जेफ्रिज पहिलो अश्वेत सभामुख बन्ने सम्भावना :
यसैबीच, अमेरिकी प्रतिनिधिसभामा समेत डेमोक्रेटिक पार्टीले बहुमत हासिल गर्ने प्रक्षेपण गरिएको छ । यससँगै कंग्रेस नेता हाकिम जेफ्रिज अमेरिकी इतिहासकै पहिलो अश्वेत सभामुख (Speaker of the House) बन्ने बाटो खुलेको छ । यस निर्वाचन परिणामले अमेरिकी राजनीतिमा महिला र विविधताको प्रतिनिधित्वलाई नयाँ उचाइ दिएको विश्लेषण गरिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा