निर्वाचनको लागि निर्वाचन सामाग्री खरिद प्रक्रिया अघि बढायो

निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेको लागि घोषणा भएको दुइचरणको निर्वाचनको लागि निर्वाचन सामाग्री खरिद प्रक्रिया अघि बढाएको छ । राजनीतिक वृत्तमा वैशाखमा तोकिएको चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमै रहेका बेला निर्वाचन आयोगले चुनावका लागि चाहिने सामाग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

योगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान गरी ७ दिनको सूचना निकाल्ने तयारी गरेको हो । आयोगका प्रवक्ता रामजकुमार श्रेष्ठका अनुसार निर्वाचन सामाग्री खरिद गर्न मंगलबार बोलपत्र आह्वानको सूचना गोरखापत्रमा प्रकाशन हुनेछ ।

धेरै बोलपत्रदाताहरुले सहभागी जनाउन भन्‍ने उद्देश्यले निर्वाचन सामाग्रीलाई विभिन्‍न ११ समूहमा विभाजन गरिएको छ । ग्राह्य बोलपत्रदाताहरुले आयोगबाट फागुन ११ गतेदेखि फागुन १७ गते कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र फागुन १८ गते मध्यान्‍ह १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइ सक्नु पर्नेछ । आयोगले निर्वाचन सामग्री व्यवस्थापन गर्न छिटो हुने तबरले बोलपत्र आह्वान गरेको जनाएको छ ।

‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको छ’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा