मौसम अपडेट: आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मुलुकभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज (सोमबार) हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपात हुनुका साथै चारवटा प्रदेशका पहाडी भेगमा भारी वर्षाको पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यमसम्म वर्षा वा हिमपात हुनेछ। यस्तै, मधेश प्रदेश तथा कोशी र बागमतीका तराईका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुनसक्नेछ। विशेष गरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसैगरी आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ। रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका एक-दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भेगका एक-दुई स्थानमा पनि वर्षा हुनसक्ने भएकाले गेग्रान बहाव, बाढी र पहिरोको जोखिमप्रति सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा