कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ

सिरहा– सिरहामा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका–२ तेतरिया सुनुवार टोलका २२ वर्षीय ललित सदाको कुटपिट उनकी श्रीमती २० वर्षीया श्रीमती सरिता देवी सदाको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार राति झगडापछि सुतेकी उनी विहान मृत अवस्थामा भेटिएकी थिइन् । मृत्यु भएको हल्ला चलेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

दुवैजनाले मदिरा सेवन गरी बिहीबार राति झगडा गरेको र श्रीमानले धकेल्दा घरको भित्तामा टाउको ठोक्किँदा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा टाउकोको चोटकै कारण मृत्यु भएको खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा