गैंडाको आक्रमणबाट चितवनमा एकको मृत्यु

चितवन– गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कालिका नगरपालिका–१ स्थित चतुर्मुखी सामुदायिक वनमा स्थानीय तेजकुमारी सुनुवारलाई गैंडाले आक्रमण गर्दा मृत्यु भएको हो ।

प्रहरीका अनुसार जंगलमा घाँस, निउरो खोज्न गएको बेलामा ५६ वर्षीया सुनुवारलाई गैंडाले आक्रमण गरेको थियो।

गैंडाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा