विद्यालय तहका कर्मचारीको न्यूनतम तलब १५ हजार

काठमाडौँ– नेपाल सरकारले विद्यालय तहको न्यूनतम तलब १५ हजार बनाएको छ ।

शनिवार अर्थमन्त्री विष्णु पौडेले आगमी वर्षको बजेट विनियोजन गर्दै प्रारम्भिव बालविकास केन्द्रका शिक्षिका र विद्यालय तहका कर्मचारीलाई नेपाल सरकाले निर्धारण गरेबमोजिम रु १५ हजार न्यूनतम मासिक तलब उपलब्ध गराउने बताएका हुन् ।

सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिका वृद्धि गरी रु ८ हजार पुर्याएको र न्यूनतम पारिश्रमिकमा कम हुन आउने रकम सम्बन्धित स्थानीय तहले वेहोर्ने व्यवस्था मिलाईएको अर्थमन्त्री पौडेलले बताए ।

उनले औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पुर्‍याइने जानकारी दिए छ ।

सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री  पौडेलले बजेट भाषणका क्रममा बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा