बोइफ्रेन्ड भेट्न गयकी २१ बर्सिय युवती बेपत्ता

चितवन, २२ असार । गैँडाकोट नगरपालिका – ४ जनक कलेज पछाडि झपर्दी चोककी २१ वर्षीय बिना सापकोटा विगत ८ दिनदेखि बेपत्ता छिन् । असार १४ गते अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना अहिलेसम्म घर नफर्किएको उनका बुबा जयश्वर सापकोटाले जानकारी दिए ।

जयश्वरका अनुसार सो दिन प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । सापकोटाले भने, ‘ असार १४ गते आधा घण्टामा आउँछु भनेर ब्वाइफ्रेण्डसँग गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । व्यापक खोजी भएपनि भेटिएकी छैनन् ।

‘गौरीगञ्जमा लगेर छोरीलाई कु टे को भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले दुईवटा केटीलाई प्रेम गर्ने कुरा थाहा भएपछि यो समस्या आएको हो,’ उनले भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिए ।

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् ।

असार १७ गतेसम्म तीनदिन खोज्दा पनि पत्तो नलागेपछि जयश्वरले छोरी हराएको विषयमा सुरुमा इलाका प्रहरी कार्यालय गैँडाकोटमा मौखिक र पछि जिल्ला प्रहरी कार्यालय चितवनमा लिखित जाहेरी दिए । प्रहरीले बिनाका प्रेमी भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई नियन्त्रणमा लिएको छ। उनको घटनाबारे अनुसन्धान गरिरहेकी जिल्ला प्रहरी कार्यालय चितवनकी निरीक्षक कमला नरालले केटीको मोबाइल खोजेर केटासँग भएको कुराकानीबारे अध्ययन गर्ने काम भइरहेको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा