आजको पञ्चाङ्ग,तपाईँको राशिफल

आजको  पञ्चाङ्ग

वि.सं. २०८० साल वैशाख १९ गते द्वादशी तिथि मंगलबार,
तदनुसार मे २ ,२०२३
आज विहान ०५:२५ मिनेट जाँदा  सूर्योदय  हुनेछ भने साँझ  ०६:३७ मिनेट जाँदा सूर्यास्त हुनेछ।
विहान १० बजेर ४ मिनेटसम्म बव नाम गरेको करण रहेको छ भने  तत्पश्चात् राती ११ बजेर ५२ मिनटसम्म बालव नाम गरेको करण रहनेछ तत्पश्चात् विहान १२ बजेर २०  मिनेट सम्म कौलव नाम गरेको करण रहनेछ।
राती ८ बजेर १ मिनट जाँदा सम्म उत्तरफाल्गुनी नक्षत्र रहनेछ भने तत्पश्चात्  हस्त रहनेछ।
विहान  १२:४ मिनेट  सम्म धव्याघात नाम गरेको योग रहेक छ भने तत्पश्चात् हर्षण नाम गरेको योग  रहनेछ।
विहान १० बजेर ५० मिनटसम्म  सिंह राशिमा चन्द्रमा रहनेछन्। २०८०-१-१९

राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूका लागि आजको दिन सभा समारोहमा सहभागी  भइनेछ।कठिन कार्यहरू पनि सहजै पार हुनेछन् भने राजनीतिक कार्यमा सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

वृष राशि हुनेहरूका लागि आजको दिन आफ्नै सरिकतामा कार्य सम्पादन हुनेछ।आफ्नो क्षेत्रमा आँफैले नयाँ कार्य जमाउन सकिनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिथुन राशि हुनेहरूका लागि आजको दिन मनमा उत्साह र उमङ्गको कमी आउन सक्नेछ।सही समयमा सही निर्णय नलिनाले मनमा खिन्नता उत्पन्न होला।सजग हुनुहोला।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)

कर्कट राशि हुनेहरूका लागि  आजको दिन पारिवारिक लफडामा उल्झन सकिनेछ।परिश्रम गर्दा पनि उचित फल नपाइएला।सम्बन्धमा पनि खटपट हुन सक्ला।ख्याल गर्नुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूका लागि आजको दिन  अध्ययन अध्यापनमा रूची बढ्नेछ।रमाइलो कार्य गरेर दिन बित्नेछ।आँटेको कुरा पूर्ण हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि आजको दिन परिवारसँग हाँसाखेल गरेर बित्नेछ।सम्मान,प्रतिष्ठा प्राप्त हुनुका साथै मेहनतको फल राम्रो पाइनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )

तुला राशि हुनेहरूका लागि आजको दिन ठुलाबडाको सल्लाह नलिइ कार्य गर्दा समस्यामा उल्झनुपर्ला।शङ्का, द्वेष र मनमा विभिन्न द्विविधा उत्पन्न हुन सक्नेछ ।सजग हुनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)

वृश्चिक राशि हुनेहरूका लागि आजको दिन मिठो यात्राको योग रहेको छ।आफन्तजनको अपार साथ पाइन सकिनेछ।साथीभाइसँग सम्बन्धमा मधुरता छउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि हुनेहरूका लागि आजको दिन सबैलाई आफ्नो बोलीमा नचाउन सकिनेछ।अधुरा अपूर्ण कार्यहरू पूर्ण भइजानेछन्।आर्थिक क्षेत्रको कार्यमा सफलता पाइनेछ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि हुनेहरूका लागि आजको दिन रोजगारीको लागि राम्रो अवसर रहेको छ।शुभफल प्राप्त हुने यात्रा हुन सक्नेछ भने विभिन्न अवसरहरू आउनाले मन प्रसन्न रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि हुनेहरूका लागि आजको दिन आँफूलाई कमजोर भएको अनुभव हुन सक्नेछ ।शत्रुवर्गबाट सचेत रहनुहोला ।ठिक समयमा ठिक निर्णय लिन नसकिएला ।सजग हुनुहोला।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)

मीन राशि हुनेहरूका लागि आजको दिन लामो समयसम्म रहेको अधुरो कार्य पूरा हुनेछ।लाभदायक यात्रा हुने योग रहेको छ।दिन राम्रै बित्नेछ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको दिन भगवान् श्रीगणेशको  स्मरण गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ

शास्त्री संयोग बस्याल
( सम्पर्क गर्नु परेमा 9826157605 )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा