‘अलिफ भाइरल होइनन्, उनी साधनाका साथ यो स्थानमा आई पुगेका हुन्’गायक बद्री पंगेनी

पछिल्लो समयमा सामाजिक सञ्जालमा मूस्लिम समूदायका एक युवा निकै नै चर्चित बनि रहेका छन् । उनको कला र गला दुवैलाई धेरैले मन पराई रहेका छन् । सालिन् स्वभावका उनी बोलीमा उत्तिकै मिठास् पन ।

हातमा भएको सानो हार्मोनियम बजाउँदै जब गीत गाउँछन् तब उनको स्वरको माधुर्यतामा मन्त्र मुग्ध हुनेहरुको त के कुरा । केही दिन अघि मात्रै उनका कुरा र प्रतिभालाई एक मिडियाले स्थान दिए लगत्तै सबैको मनमा बस्न सफल उनी हुन् आलिफ खान ।

खान मुस्लीम समूदायका युवा हुन् । उक्त समूदायको धार्मले गीत गाउन दिंदैन । तर आलिफसंग यस्तो प्रतिभा छ जुन प्रतिभालाई उजागर गर्न उनलाई न त उनको जातले नै छेक्न सक्यो न त धर्म ग्रन्थमा लेखिएका कुराहरुले नै ।

गीत संगीत नै आफ्नो जीवन र सास भएको बताउने आलिफसंग साँच्चै नै मन्त्रमुग्ध बनाउने जादुमय स्वर छ । उनले गाएका गीतहरु सुनेर उनलाई फ्लो नगर्ने र मन नपराउने सायदै होलान् । छोटो समयमा नै धेरैको मनमा बस्न सफल भई सकेका छन् आलिफ ।

उनै आलिफले पछिल्लो समय गायक बद्रि पंगेनीलाई पनि भेटेका छन् । उक्त भेटमा आलिफले आफुले गीत गाएर गायक पंगेनीलाई सुनाएका पनि छन् । आलिफको स्वरमा स्वर मिलाउँदै गायक पंगेनीले पनि गीत गाएका छन् ।

गायक पंगेनीले त आलिफको सालिन्ताको बारेमा, गीत संगीतको क्षेत्रमा आलिफले गरेको त्याग र साधनाको बारेमा अनि उनको लगशिलताको बारेमा बयान गरेर थाकेनन् । साँच्चै बद्रिको नजरमा आलिफ न केवल एक प्रतिभाका धनी गायक मात्र कहलिए साथै गायक पंगेनीको नजरमा अत्ति उच्च छवीको कलकार सम्म बने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :-suryapatra.org@gmail.com तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा