आज २०८०जेठ ०१ सोमवारको राशिफल

२०८० जेठ १ गते, साेमवार, १५ मे २०२३। ज्येष्ठ कृष्णपक्ष एकादशी तिथि।

आज राशिफल

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशि हुनेहरूका लागि आजको दिन सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ सचेत रहनुहोला, तर पनि नयाँ र शुभ कार्यको थालनी हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशि हुनेहरूका लागि आजको दिन नयाँ व्यक्तिसँग भेटघाटको अवसर मिल्नेछ । धार्मिक काम र भक्तिभाव बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशि हुनेहरूका लागि आजको दिन नसोचेको ठाउँबाट धनागम हुनेछ । घर परिवारसँग समय व्यतीत हुनेछ ।

कर्कट (हि. . है, हो, डा, डि, डू, डे, डो)कर्कट राशि हुनेहरूका लागि  आजको दिन सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सिंह राशि हुनेहरूका लागि आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो )कन्या राशि हुनेहरूका लागि आजको दिन आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने र नयाँ योजना बन्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते )तुला राशि हुनेहरूका लागि आजको दिन सामाजिक कार्य अघि बढ्नेछ । शेयर बजरको कारोबारमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, वि. पु)वृश्चिक राशि हुनेहरूका लागि आजको दिन समाजसेवामा मन लाग्ला । शिक्षामा सामान्य सफलता मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)धनु राशि हुनेहरूका लागि आजको दिन आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तरपनि कुनै न कुनै कुराले मन प्रसन्न रहला ।

मकर (जि, खि, खु, खे, खो, गा, गि)मकर राशि हुनेहरूका लागि आजको दिन धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)कुम्भ राशि हुनेहरूका लागि आजको दिनपार्टी तथा सेमिनारमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाइसँग समय बित्नेछ ।

मीन   (दि, दु, झ, ञ, दे, दो, च, चि)मीन राशि हुनेहरूका लागि आजको दिनधनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

आदरणीय भक्तमनहरू तपाईँको राशिफल जे जस्तो भए पनि आजको विष्ण भगवानको   आराधना गरी दिनको सुरुवात गर्नुहोला।अवश्य राम्रो हुनेछ।

शास्त्री संयोग बस्याल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

नोट :हजुरको पनि गाउँ, टोल, छर-छिमेक वा समाजमा कुनै सुचना, संदेश, या नयाँ जानकारी छन् भने, तत्काल हामीलाई सम्पर्क गर्नुहोस, हामि त्यसलाई समाचार बनाउने छौं । साथै suryapatra.com बाट प्रकाशित समाचारमा कुनै सुझाव,सल्लाह र प्रतिक्रिया भए वा बिज्ञापन दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस जसको लागि हाम्रो इमेल :[email protected] तपाईं हामी सँग फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ताजा